२०८१ मा तीनवटा दशैँ « Khabarhub

२०८१ मा तीनवटा दशैँ


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजबाट विक्रम संवत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष, नयाँ थालनी, नयाँ उमंग, नयाँ उल्लास सबै कुरा नयाँ छ आज ।

वर्षभरी रमाइलो होस् भन्ने कामनाका साथ धूमधामले नयाँ वर्ष मनाउने गरिन्छ ।

आजको दिनमा नयाँ ठाउँमा घुम्ने, नयाँ कपडा लगाउने, साथीभाइ भेटघाट, परिवार आफन्तसँग बसेर  खुसी साथ मनाइने गरिन्छ ।

विक्रम संवत् २०८१ मा तीनवटा दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने २ वटा चैते दशैँ परेको छ । वैशाख ४ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ यस वर्ष असोज १७ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ ।

असोज २४ गते बिहीबार फूलपाती, २५ महाअष्टमी र महानवमी तथा असोज २६ गते शनिबार विजयादशमी परेको छ । कार्तिक कृष्णपक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १५  गते बिहीबारदेखि सुरु हुनेछ ।

दशैँ र तिहारलाई नेपालमा विशेष रूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबार र भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।

त्यसैगरी, चैत्र २३ गते शनिबार चैते दशैँ परेको छ । चैते दशैँ नेपालका अधिकांश भागहरूमा धूमधामसँग देवीको पूजाआजा गरेर मनाउने गरिन्छ ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ६ : ३८ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न