तिलोत्तमा नगरपालिकाले असोजमा लगानी सम्मेलन गर्ने | Khabarhub Khabarhub

तिलोत्तमा नगरपालिकाले असोजमा लगानी सम्मेलन गर्ने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । नगरमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यले आगामी असोज ९ गते सम्मेलन गर्ने तयारी गरिएको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव घिमिरेले कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनु सम्मेलनको मुख्य लक्ष्य रहेको बताए । सम्मेलनमा विभिन्न क्षेत्रका डेढदर्जन परियोजना लैजाने नगरपालिकाको तयारी छ ।

सम्मेलनमा आयोजकसहित सङ्घीय तथा प्रदेश सरकारकामन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्तासमेत गरी पाँच सयको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा करीब रु ३० लाख खर्च हुने अनुमान गरिएको छ । यसमध्ये नगरपालिकाका तर्फबाट रु २० लाख विनियोजन गरिएको छ भने बाँकी रकम निजी क्षेत्रबाट जुटाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । सम्मेलनमा सहभागिताका लागि मुलुकका विभिन्न स्थानमा अन्तरक्रियासमेत गरिनेछ । लगानी सम्मेलनमा स्वदेशी विभिन्न औद्योगिक तथा व्यापारिक घरनाका साथै भारत, चीनबाट लगानीकर्ता सहभागी हुनेछन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ४१ बजे

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

सामूहिक फूलखेतीमा महिला

तनहुँ – यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्।

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर