तिलोत्तमा नगरपालिकाले असोजमा लगानी सम्मेलन गर्ने « Khabarhub

तिलोत्तमा नगरपालिकाले असोजमा लगानी सम्मेलन गर्ने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । नगरमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यले आगामी असोज ९ गते सम्मेलन गर्ने तयारी गरिएको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव घिमिरेले कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनु सम्मेलनको मुख्य लक्ष्य रहेको बताए । सम्मेलनमा विभिन्न क्षेत्रका डेढदर्जन परियोजना लैजाने नगरपालिकाको तयारी छ ।

सम्मेलनमा आयोजकसहित सङ्घीय तथा प्रदेश सरकारकामन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्तासमेत गरी पाँच सयको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा करीब रु ३० लाख खर्च हुने अनुमान गरिएको छ । यसमध्ये नगरपालिकाका तर्फबाट रु २० लाख विनियोजन गरिएको छ भने बाँकी रकम निजी क्षेत्रबाट जुटाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । सम्मेलनमा सहभागिताका लागि मुलुकका विभिन्न स्थानमा अन्तरक्रियासमेत गरिनेछ । लगानी सम्मेलनमा स्वदेशी विभिन्न औद्योगिक तथा व्यापारिक घरनाका साथै भारत, चीनबाट लगानीकर्ता सहभागी हुनेछन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ४१ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन