फरक ढंगले शिक्षा प्रदान गर्नुपर्ने सांसदहरुको सुझाव « Khabarhub

फरक ढंगले शिक्षा प्रदान गर्नुपर्ने सांसदहरुको सुझाव


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले फरक ढंगले शिक्षा प्रदान गर्ने र दश जनशक्ति उत्पादन गर्न सक्नेलाई मात्रै विश्वविद्यालयको सम्बन्धन दिनुपर्ने सुझाव दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले विश्वविद्यालयको संख्या बढाएरमात्रै केही नहुने भन्दै फरक ढङ्गको शिक्षा प्रदान गर्न सक्नेलाई मात्रै सम्बन्धन दिनुपर्ने सुझाव दिएका हुन् ।

सांसद प्रदीप पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक औचित्य पुष्टि हुने गरि नआएको बताए । उनले विधेयकमा नै नयाँ विश्वविद्यालय खोल्नुको औचित्य स्पष्ट हुनुपर्ने धारणा राखे । उनले विश्वविद्यालयको संख्यामात्रै बढाउने हो भने छाता ऐन ल्याएर व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै सांसद प्रेम सुवालले विद्यार्थी भर्ना हुने अवस्था सिर्जना गर्ने गरि नयाँ विश्वविद्यालय स्थापना गर्नुपर्ने धारणा राखे । उनले सरकारले सम्बन्धन दिएका विश्वविद्यालयको अवस्थाका बारेमा पनि जानकारी लिनुपर्ने बताए ।

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको हो । यसअघि समितिले उक्त विद्येयकमा सन्दर्भमा शिक्षाविद् विज्ञ लगायतसँग छलफल गरेको थियो । 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ५ : ५८ बजे

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि