हङकङको तनावले अमेरिका र चीनको दूरी बढ्दै « Khabarhub

हङकङको तनावले अमेरिका र चीनको दूरी बढ्दै


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङ्‌कङमा जारी प्रदर्शनले दुई ठूला शक्ति राष्ट्रबीच टकराव शुरु भएको छ । हङकङकै प्रदर्शनको विषयलाई लिएर चीन र अमेरिकाले एक अर्कामाथि आरोप लगाउन थालेका छन्।

अमेरिकी कूटनीतिज्ञको नाम र अधिकारकर्मीसँग भएको कुराकानीका आधारमा चिनियाँ सरकारी पत्रिकाले प्रकाशित गरेको समाचारलाई अमेरिकाले ‘बदमास सत्ता’ भनेको छ भने त्यस लगत्तै चीनले पनि अमेरिकाको तर्क ‘गुण्डा तर्क’ रहेको प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ ।

अधिकारकर्मीहरू तीनदिने प्रदर्शनका लागि हङ्‌कङ विमानस्थलमा जम्मा भएको पृष्ठभूमिमा चीन र अमेरिका आरोपप्रत्यारोपमा ओर्लिएका हुन्। कालो पोशाक लगाएका प्रदर्शनकारीहरूले विदेशी पर्यटकमा चेतना जगाउने भन्दै विमानस्थलको आगमन कक्षमा बसेर ब्यानरहरू देखाएका छन्।

सुपुर्दगीसम्बन्धी विधेयकको विरोधबाट शुरू भएर बृहत्‌ स्वतन्त्रताको माग गर्नेमा परिणत भएका प्रदर्शनहरू हप्तौँदेखि चलेका छन्।

पहिला ब्रिटेनको उपनिवेश रहेको हङ्‌कङको आफ्नै कानुनी र न्यायिक प्रणाली छन्। हङ्‌कङ सन् १९९७ यता ‘एक देश, दुई प्रणाली’ अन्तर्गत चीनको अङ्ग रहिआएको छ। त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्यभूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ६ : २४ बजे

सुकुम्वासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौं– बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि

सरकारलाई माधव नेपालको सुझाव- जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगरौँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले

नेपालको आरोप : वर्तमान सरकार जनविरोधी, सुकुम्वासीमाथिको दमन स्वीकार्न सकिँदैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले

नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य, दीपेन्द्रको शानदार शतक

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले यूएईसमक्ष २९०

स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा

काठमाडौं- दुई सातादेखि संघीय राजधानी सहर काठमाडौंदेखि अन्य जिल्लामा पनि