आयुर्वेदिक चिकित्सा : के हो पञ्चकर्म विधि ? « Khabarhub

आयुर्वेदिक चिकित्सा : के हो पञ्चकर्म विधि ?


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पञ्चकर्म विधि आयुर्वेदिक उपचारको थेरापी अन्तर्गत पर्दछ। अन्य पद्धतिमा औषधीको प्रयोगबाट उपचार गरिन्छ भने पञ्चकर्ममा बिना औषधी थेरापीको माध्यमबाट उपचार हुन्छ। आयुर्वेदिक चिकित्सकका अनुसार मुख्य ५ वटा कर्मबाट शरीरलाई शुद्ध गरेर शरीरभित्रका विकारयुक्त वस्तु बाहिर निकालेर उपचार गर्ने भएकाले निरोगी जीवनयापनका लागि यो प्रभावकारी माध्यम हो। रोग पूर्ण रूपमा निर्मूल पार्न र रोग लाग्न नदिन पञ्चकर्म विधि अपनाइन्छ।

पञ्चकर्म अन्तर्गत पर्ने ५ वटा कर्म
आयुर्वेदिक उपचारको पञ्चकर्म अन्तर्गत विभिन्न पाँच विधि पर्दछन्। जसमा बमन, बिरेचन, बस्ती, नास्य र रक्तमोक्षण पर्दछन्। यी विधि र उपचार प्रक्रियाबा बुझ्नु आवश्यक देखिन्छ।

बमन
यो कफसम्बन्धी रोगको उपचार गर्ने पद्धति हो। शरीरमा भएका विकारयुक्त वस्तुलाई मुखको माध्यमबाट बाहिर निकाल्न यो विधि अपनाइने गरिन्छ। अम्लपित्त, मोटोपना, दम, छालासम्बन्धी रोग एलर्जी आदिको बमन विधिद्वारा उपचार गरिन्छ।

बमन विधिअनुसार व्यक्तिलाई महबाट बनेको पेय पदार्थ खुवाएर चारदेखि आठ पटकसम्म उल्टी गर्न लगाइन्छ। यो प्रक्रिया अपनाएपछि आराम गर्न र मलमूत्र त्याग गर्न लगाइन्छ। सही ढंगले यो उपचार पद्धति अपनाएमा बिरामीले छाती हलुका भएको महसुस गर्छन्।

बिरेचन
बिरेचन एक औषधीयुक्त परिष्करण चिकित्सा हो, जसले शरीरबाट पित विषजीवन हटाएर रक्त विषजीवको शुद्धीकरण गर्छ। यस चिकित्साबाट छालामा देखिने सेता दाग, सोरियोसिस, दाग, डन्डिफोर, जन्डिस, हेपाटाइटिस, कब्जियत, मोटोपनाजस्ता रोगका लागि सफल उपचार मानिन्छ।

बस्ती
बस्ती अर्थात् एनिमालाई पञ्चकर्मको जननी मानिन्छ। यसअन्तर्गत शरीरमा हुने तीनवटा दोष बाथ, पित्त र कफबाट उत्पादित विकार वस्तुलाई मलद्वारबाट बाहिर निकाल्ने गरिन्छ । स्नायुसम्बन्धी रोग, योनी र पाठेघरमा हुने समस्या, मुटु, मिर्गौमा पत्थरी, टाउको दुखाई, ढाड र गर्दनको दुखाई, मांसपेशीमा ऐठन आदि समस्याका लागि यो उपचार प्रभावकारी हुन्छ।

नास्य
नास्य नाकको सफाइसम्बन्धी उपचार हो। यसअन्तर्गत टाउको तथा गर्धनवरिपरि जमेको कफ सफा गर्ने औषधीयुक्त तेललाई नाकमा हालिन्छ। यसपछि उमालेको पानीमा औषधियुक्त जडीबुटीको बाफ लिएर उपचार गरिन्छ। माइग्रेन, पिनास, नाकमा मासु पलाउने, मुख बांगिने समस्याका लागि नास्य उपचार पद्धति अपनाइन्छ।

रक्तमोक्षण
रगतसम्बन्धी रोग : युरिक एसिड, रक्त नशा सुन्निने, लुतो, सेतो कुष्ठरोग, छाला चिलाउने रोगका लागि रगत शुद्धीकरण गर्ने पद्धति हो। यो चिकित्साअन्तर्गत शरीरबाट रगत बग्न दिएर उपचार गरिन्छ। यस माध्यमद्वारा उपचार गर्दा प्रतिरोधी क्षमतासमेत बलियो हुन्छ।

पञ्चकर्म उपचार पद्धतिका फाइदा
पञ्चकर्म कुनै पनि रोग निको पार्नका लागि मात्र नभइ स्वस्थ जीवनका लागि सबै उमेर समूहलाई आवश्यक छ। त्यस्तै बाथ, माइग्रेन, अनिद्रा, छालासम्बन्धी रोगमा निकै लाभदायी मानिन्छ।

 

मुख्य ५ कर्म अन्तर्गत पनि अन्य धेरै पद्धति जुन गर्भवती तथा बालबालिकाले गर्न सक्छन्। जस्तै शिरोधारा, वस्ती लगायत थेरापी पर्दछन्। त्यस्तै मानसिक समस्या, पेटभित्रै हुँदाखेरी कुनै समस्या भएर हातखुट्टा नचल्ने समस्या भएका बच्चामा सिरोधारा, षष्ठिकशाली लगायत थेरापी एकदमै प्रभावकारी भइरहेको छ। यस्तो समस्या भएका कति बालबालिका निको भएर पनि गएका छन्।

अन्य उपचार गरेर निको नभएपछि अन्तिममा यहाँ उपचारका लागि आउने गरेका छन्।

पञ्चकर्म पद्धतिबाट उपचार गर्दा खर्च कति लाग्छ ?
पहिलेभन्दा अलि खर्चिलो नै छ। बिगतमा उपचारका लागि चाहिने जडिबुटी, तेल लगायत कच्चा पदार्थ सजिलै पाउने अवस्था थियो भने अहिले हरेक कुरा किन्नुपर्ने भएका कारण खर्चिलो छ। तर नरदेवी अस्पताल सरकारी अस्पताल भएकाले केही औषधी निःशुल्क दिने गरेको छ। अस्पतालमै उपलब्ध औषधी पनि सर्वसुलभ रुपमा दिने गरेको छ।

त्यसैले धेरैको रोजाइमा आयुर्वेदिक चिकित्सा पद्धति परेको छ। धेरै टाढादेखी बिरामी आउने गरेका छन्। सरकारले ग्रामीण क्षेत्रमा यस्ता अस्पताल सञ्चालन गरेको भए अझै प्रभावकारी हुने थियो। (नरदेवी आयुर्वेदिक अस्पतालमा कार्यरत चिकित्सक डा. विद्या श्रेष्ठसँगको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : ०७ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त