आज चैते दसैँ पर्व मनाइँदै | Khabarhub Khabarhub

आज चैते दसैँ पर्व मनाइँदै


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु धर्मावलम्बीहरूले आज आफ्नो घर तथा शक्तिपीठहरूमा गएर दुर्गा भवानीको पूजाआजा गरी चैते दसैँ मनाइरहेका छन् ।

प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई हिन्दुहरूले चैते दसैँका रुपमा मनाउने गर्छन्। चैत प्रतिपदाका दिनदेखि सुरु हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गर्ने गरिन्छ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुई पटक (असोजचैतमा) मनाउने गर्दछन् । तर यसपटक भने २०८० सालको चैते दसैँ आज परेको छ । असोजमा मनाइने दसैँलाई ‘बडादसैँ’को रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दसैँलाई ‘चैते दसैँ’ भनिन्छ ।

देशका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भिड लागेको छ। आज काठमाडौँको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको बिन्ध्यबासिनी, बागलुङको कालिका मन्दिर, जनकपुरको राजदेवी मन्दिर, सप्तरीको छिन्नमस्ता मन्दिरलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १० : ३१ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर