आज चैते दसैँ पर्व मनाइँदै « Khabarhub

आज चैते दसैँ पर्व मनाइँदै


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु धर्मावलम्बीहरूले आज आफ्नो घर तथा शक्तिपीठहरूमा गएर दुर्गा भवानीको पूजाआजा गरी चैते दसैँ मनाइरहेका छन् ।

प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई हिन्दुहरूले चैते दसैँका रुपमा मनाउने गर्छन्। चैत प्रतिपदाका दिनदेखि सुरु हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गर्ने गरिन्छ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुई पटक (असोज र चैतमा) मनाउने गर्दछन् । तर यसपटक भने २०८० सालको चैते दसैँ आज परेको छ । असोजमा मनाइने दसैँलाई ‘बडादसैँ’को रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दसैँलाई ‘चैते दसैँ’ भनिन्छ ।

देशका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भिड लागेको छ। आज काठमाडौँको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको बिन्ध्यबासिनी, बागलुङको कालिका मन्दिर, जनकपुरको राजदेवी मन्दिर, सप्तरीको छिन्नमस्ता मन्दिरलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १० : ३१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार