विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग « Khabarhub

विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौंसरोकारवालाहरूले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा साथ राख्न सरोकारवालाले माग गरेका छन् । 

प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले आज आयोजना गरेको छलफलमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशो कान्ति भट्टचन(गौचन)ले आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा राख्न सुझाव दिइन्।

आदिवासी महिला तथा किशोरीको अधिकार सम्बन्धमा संयुक्त राष्ट्र सङ्घीय महिलाविरुद्ध हुने भेद्भाव उन्मूलन समिति(युएन सिड कमिटी) आधारभूत सिफारिस नं ३९ सम्बन्धमा धारणा राख्ने क्रममा उनले महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धि (सिड) सिफारिस राज्यपक्षीय विधायिका, नीति निर्माण गर्ने तह तथा सम्बन्धित सबैलाई मार्ग निर्देशनको रुपमा रहेको बताइन्। 

नयाँ विधेयक बनाउँदा वा मस्यौदा विधेयकमा संशोधन गर्दा सिडको सिफारिससँग मिल्ने गरी बनाउने आधार वा मार्गनिर्देशनको रुपमा प्रयोग गर्न उनले सुझाव दिइन्। 

मञ्चकी अध्यक्ष सुनी लामाले आदिवासी जनजाति महिला हरेक क्षेत्रमा पहुँचभन्दा बाहिर रहेको र उनीहरूको अधिकारको सुनिश्चितता हुनुपर्ने धारणा राखिन्। उनले आदिवासी महिलाको अधिकार दाबी गर्न सिडको सिफारिस कार्यान्वयनको सम्बन्धमा सांसदहरूको दायित्व रहेको बताइन् । 

सांसद रोशन कार्कीले प्रवासमा जाने महिला कामदार बढी शोषित भइरहेका र उनीहरूको विषयमा पनि आवाज उठाउनुपर्ने बताए। उनले अन्तरजातीय विवाहले संस्कृति हराउँदै गएको हो की भन्ने चिन्ता प्रकट गरे। सांसद शान्ति विकले आदिवासी जनजाति महिला मात्र होइन सबै महिला पीडित रहेको जिकिर गरे। 

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ५ : १० बजे

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

इलाम– मेची राजमार्ग र मेची करिडोर (केचना–कञ्चनजङ्गा सडक)मा आजदेखि रातको

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौं–  सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व २९ खर्ब

राज्य व्यवस्था समितिबाट संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक निकायका

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

न्युयोर्क– संयुक्त राष्टसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा

उपत्यकासहित देशभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौं–  मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको