एक सय ५० किलो गाँजासहित सात जना पक्राउ « Khabarhub

एक सय ५० किलो गाँजासहित सात जना पक्राउ


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मकवानपुर–  मनहरी गाउँपालिका-४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैधलागूऔषध गाँजा १ सय ५० किलोसहित सात जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिका-३ बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका-४ बस्ने २८ वर्षीय बम बहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय बिरमान प्रजा, मनहरी गाउँपालिका-३ हाँडी खोला बस्ने ४४ वर्षीय रामहरि लुइँटेल र सोही गाउँपालिका-५ बस्ने ३६ वर्षीय दीपक थापा मगर रहेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज लामिटारका कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजा बोरामा बोकेर पर्सा जिल्लातर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ४ : २८ बजे

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले