बेनीमा कृषि बजारको भवन निर्माण सुरु « Khabarhub

बेनीमा कृषि बजारको भवन निर्माण सुरु


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु भएको छ । संघीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा नं ८ कालीपुलमा कृषि बजारको भवन निर्माण सुरु गरेको हो । 

बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले तीन करोडको लागतमा भवन निर्माण गर्न थालिएको जानकारी दिए। 

‘संघीय सरकारको कृषि तथा पशुपक्षी बजार प्रवर्द्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिकामा चालु आर्थिक वर्षमा प्राप्त भएको  ३० लाख २५ हजार बजेटबाट भवन निर्माण सुरु गरिएको छ’, उनले भने, ‘आगामी आवमा बजेटलाई निरन्तरता दिने संघीय सरकारको प्रतिबद्धतापछि निर्माण थालिएको हो ।’ बेनीका सबै तरकारी र मासु पसललाई एकै ठाउँबाट सञ्चालन गर्ने लक्ष्यसहित कृषि बजार भवन बनाउन लागिएको हो । 

एकै ठाउँमा तरकारी र मासु पसल सञ्चालन गर्दा प्रतिस्पर्धा हुने, किसानले उत्पादन गरेका सामानको बजारीकरणमा सहयोग पुग्ने वडाध्यक्ष कर्माचार्यले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : १२ बजे

रेडियो नेपाल र नेपाल टेलिभिजनको अध्यक्षका लागि खुलेको दरखास्त रद्ध

काठमाडौँ– सार्वजनिक सेवा प्रशारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन)मा

आजको मौसमः पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

विश्वकप लिग-२ : आज कीर्तिपुर मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा

नेताको कार्यविभाजनलाई अन्तिम रुप दिन एमाले सचिवालय बैठक आज

काठमाडौँ – नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिनका लागि नेकपा (एमाले)

आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

बैतडी – बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान केशव