कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर | Khabarhub Khabarhub

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताएका छन्  ।

बैतडीको पाटनमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा उनले कांग्रेसले देश र जनताका लागि राजनीति गरेको बताए । सहमहामन्त्री राठोरले भने, ‘जनतालाई अधिकार सम्पन्न बनाउन, दास प्रथा अन्त्य गर्न, रैतीबाट नागरिक बनाउन कांग्रेस खुलेर राजनीतिमा आएको हो । कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो । हामी स्थानीय स्रोत परिचालन गर्दै विकासका गतिविधिमा गरिरहेको छौँ ।’ उनले कांग्रेस विकासको सुत्राधार रहेको बताए ।

 बिपी कोइरालाको विचार बोकेको पार्टी भएकाले पार्टीभित्र रहेका कमीकमजोरी सुधार गर्दै एक ढिक्का भएर लाग्नुपर्नेमा सहमहामन्त्री राठोरले जोड दिए । उनले भने, ‘टोल र वडाबाटै पार्टीलाई बलियो बनाउनुपर्छ ।’

नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति वीरबहादुर विष्टको अध्यक्षता सम्पन्न कार्यक्रममा उपसभापति खगेन्द्रसिंह धामी, सचिव प्रेम चन्द, सहसचिव दीपेन्द्रबहादुर चन्द, कोषाध्यक्ष चक्रबहादुर चन्द, वडा सभापति, पालिका सभापति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ४ : ४४ बजे

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै