वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट « Khabarhub

वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका¬–३ मा आगलागी हुँदा एकको मृत्यु भएको छ । ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ । तीनवटा घर जलेर नष्ट भएका छन् ।

आज दिउँसो पौने २ बजेतिर ढारपाखा सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको हो । ७० वर्षीया कामीको घरबाट सामान निकाल्ने क्रममा आगोले जलेर मृत्यु भएको वडाअध्यक्ष तिलवीर केसीले राससलाई जानकारी दिए।

उहाँका अनुसार विक र सार्कीको एक¬–एकतले घर र कामीको दुईतले खरले छाएको घर जलेर नष्ट भएका छन् । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर नष्ट भएको वडाअध्यक्ष केसीले जानकारी दिए।

ढारपाखा सामुदायिक वनबाट सुरु भएको आगो अहिले भित्रीखोला सामुदायिक वन, साईकुमारी सामुदायिक वनमा फैलिएको छ । स्थानीय वन समूह, इलाका प्रहरी कार्यालय बाँफिकोट र जनप्रतिनिधिको समूहले वनमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको वडाअध्यक्ष केसीले जानकारी दिए।

आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण सङ्कलन हुने उहाँले जानकारी दिए। आगलागीका कारण भने खुलेको छैन । दिन प्रतिदिन रुकुम पश्चिममा आगलागीका घटना बढ्दै गएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ८ : १४ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व