विशेषले सफाइ दिएपछि अर्थसचिवमा फर्किए मधु मरासिनी | Khabarhub Khabarhub

विशेषले सफाइ दिएपछि अर्थसचिवमा फर्किए मधु मरासिनी


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मधु मरासिनीलाई अर्थमन्त्रालयको सचिवमा पुनर्वहाली गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो । मरासिनी लामो समयदेखि अर्थमन्त्रालयकै सचिवमा रहेका थिए ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएसँगै मरासिनी पुरानै भूमिकामा फर्किएका हुन् । विशेषमा भ्रष्टाचार मुद्दा परेपछि मरासिनी लिम्बित भएका थिए ।

पेमेन्ट गेटवे प्रकरणमा निलम्बनमा परेका सचिव मरासिनीलाई विशेष अदालतले ७ वैशाखमा सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि अब मरासिनीको पुनर्बहालीको बाटो खुलेको थियो ।

नेशनल पेमेन्ट गेटवे प्रकरणमा दोषी देखाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मरासिनीसहित ९ जनाविरुद्ध गत असोजमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मरासिनीलाई सफाइ दिएको थियो । प्रतिवादी बनाइएका ९ जना मध्ये ८ जनाले सफाइ पाएका थिए भने प्रतिवादी सुनील पौडेललाई भने सजाय ठहर भएको थियो ।

 

अख्तियारले यो मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपसचिव तथा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध  निर्देशक सुनील पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्यायलाई प्रतिवादी बनाएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ५२ बजे

चिसो मौसममा हृदयघातको जोखिम 

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । तिहारसम्म गर्मी महसूस

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ ।

खानेपानीका स्थानीय योजनामा बजेट अभाव

पाँचथर– पाँचथरका पालिका तथा वडास्तरमा निर्माण तथा मर्मत भइरहेका खानेपानीका

मुस्ताङमा आज पनि भारी हिमपात

मुस्ताङ– मुस्ताङमा सोमबार रातिदेखिको हिमपात जारी रहेको छ । भारी

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई ६३ लाख ९६