सरकारलाई राप्रपाको व्यंग्य : आफ्नालाई पाखा लगाएर विदेशी राजालाई सम्मान « Khabarhub

सरकारलाई राप्रपाको व्यंग्य : आफ्नालाई पाखा लगाएर विदेशी राजालाई सम्मान


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएपछि राप्रपाले व्यंग्य गरेको छ ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जालमा व्यंग्य गर्दै आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भए पनि सम्मान दिएछन् भन्दै व्यंग्य गरेका हुन् । उनले नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत दिन माग गरेका छन् ।

उनले भनेका छन्, ‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भए पनि सम्मान दिएछ ! नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देऊ ।’

कतारका अमिर थानी नेपालको दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौँ आउँदै छन् ।

याे पनि…
कतारका राजाको नेपाल भ्रमण : भोलि सार्वजनिक बिदा

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  २ : ३६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी