प्रचण्डले भने : केपी ओलीसँग म विश्वास गर्न सक्छु « Khabarhub

प्रचण्डले भने : केपी ओलीसँग म विश्वास गर्न सक्छु


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आफू विश्वस्त रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरको गोदावरीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले सम्बोधनका क्रममा एकता र सहमतिबाटै देशमा ठूला आन्दोल र राजनीतिक परिवर्त सम्भव भएको पनि बताए ।

प्रचण्डले एमाले अध्यक्ष ओलीले माओवादीबारेमा खासै टिप्पणी नगरेको भन्दै आफू त्यसमा विश्वसत रहेको सुनाए ।

‘मन्त्रिपरिषद् बैठक लम्बिँदा यहाँको कार्यक्रममा सुरुमै सहभागी हुन सकिनँ । यहाँ देखाइको भिडिओ मैले केही मात्रै हेर्न सकेँ’, उनले भने, ‘समीक्षात्मक भिडिओ रिपोर्टमा कमरेड केपी ओलीले माओवादीबारे खासै नकारात्मक टिप्पणी नगरिएको बताउनु भयो । म यस कुरामा केपीजीलाई विश्वास गर्छु ।’

त्यसअघि कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले पनि सम्बोधन गरेका थिए । तर उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  २ : ४४ बजे

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा