प्रचण्डले भने : केपी ओलीसँग म विश्वास गर्न सक्छु « Khabarhub

प्रचण्डले भने : केपी ओलीसँग म विश्वास गर्न सक्छु


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आफू विश्वस्त रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरको गोदावरीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले सम्बोधनका क्रममा एकता र सहमतिबाटै देशमा ठूला आन्दोल र राजनीतिक परिवर्त सम्भव भएको पनि बताए ।

प्रचण्डले एमाले अध्यक्ष ओलीले माओवादीबारेमा खासै टिप्पणी नगरेको भन्दै आफू त्यसमा विश्वसत रहेको सुनाए ।

‘मन्त्रिपरिषद् बैठक लम्बिँदा यहाँको कार्यक्रममा सुरुमै सहभागी हुन सकिनँ । यहाँ देखाइको भिडिओ मैले केही मात्रै हेर्न सकेँ’, उनले भने, ‘समीक्षात्मक भिडिओ रिपोर्टमा कमरेड केपी ओलीले माओवादीबारे खासै नकारात्मक टिप्पणी नगरिएको बताउनु भयो । म यस कुरामा केपीजीलाई विश्वास गर्छु ।’

त्यसअघि कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले पनि सम्बोधन गरेका थिए । तर उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  २ : ४४ बजे

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेसँगै