गण्डकीका मुख्यमन्त्री अधिकारीको रिट ‘हेर्दाहेर्दै’ मा « Khabarhub

गण्डकीका मुख्यमन्त्री अधिकारीको रिट ‘हेर्दाहेर्दै’ मा


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको विरुद्धमा परेको रिटको आजको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा आज सुनुवाइ भएको थियो ।

आजको सुनुवाइ नसकिएपछि यस रिटलाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

यसअघि यस रिटमा चैत्र २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो भने इजलासले यस रिटको पूर्ण सुनुवाइ आज गर्न आदेश दिएको थियो ।

मुख्यमन्त्री अधिकारीले सरकारको दाबी गर्दा सभामुखको मत जोडेर बहुमत पुर्‍याएको भन्दै कांग्रेस नेता पाण्डेले प्रदेशप्रमुखसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ४ : ५७ बजे

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार