आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार सन् २०२४ अप्रिल २४ तारिख। चैत शुक्ल पक्षको पूर्णिमा तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : रमाइलो यात्राको योग छ । साथीसँगको भेट रमाइलो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ। एउटै कामबाट दोहोरो लाभ प्राप्त हुनेछ। प्रयास गरेको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ।

कर्कट : स्वार्थ समूह सक्रिय भएकाले काम गर्दा सचेत हुनुपर्नेछ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुखमय रहनेछ।

सिंह : आर्थिक अवस्था सुधार हुनेछ। सहयोग गर्ने साथी धेरै छन्। आदर्श व्यक्तिसँगको भेटले मनमा खुशी मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : बौद्धिक व्यक्तिसँग भेट हुनेछ। रोकिएको काम बन्नेछ। साथीभाइसँगको भेट रमाइलो र फलदायी हुनेछ। लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : व्यापारमा सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। कर्म क्षेत्रमा सन्तुष्टि प्राप्त हुनेछ। परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ।

वृश्चिक : दिन सामान्य छ। लगानीको क्षेत्रमा जोखिम हुनसक्छ। यात्रा गर्दा सचेत हुनुपर्नेछ। काममा अवरोध सिर्जना हुनसक्छ। परिवारसँगको सम्बन्ध भने राम्रो रहने छ।

धनु : समय सामान्य छ। आर्थिक कारोबारमा बाधा हुनसक्छ। एकोहोरो मायाका कारण पीडा हुनेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो छ।

मकर : परिवारमा नयाँ सदस्यको आगमन हुने दिन छ। मन धार्मिक क्षेत्रमा जानेछ। सञ्चित धन खर्च हुने योग छ। परिवारसँगको सम्बन्ध सामान्य रहनेछ।

कुम्भ : आर्थिक लाभ हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। समाजले सम्मान गर्ने योग छ। रमाइलो यात्राको योग रहेको छ।

मीन : यात्रामा जोखिम देखिन्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। व्यापारमा सचेत नभए जोखिम हुनसक्छ। ठुलो खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा विरोधका स्वर सुन्नुपर्नेछ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : ०८ बजे

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

लुम्बिनी– प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक

नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्नेमा विश्वस्त छु : अध्यक्ष हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा

 नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक

गण्डकी– नेपाली लेखक सङ्घ कास्कीको छैटौँ अधिवेशनले कमल पौडेल (अथक)

व्यवसायी अग्रवाल छुटे

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शंकर अग्रवाल छुटेका

पश्चिम एशिया युद्धले युक्रेन ओझेलमा

इस्तानबुल- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिम एशियामा चर्किंदै गएको युद्धले