गृहमन्त्रीको घोषणाले रात्रिकालीन श्रमिक मारमा | Khabarhub Khabarhub

गृहमन्त्रीको घोषणाले रात्रिकालीन श्रमिक मारमा


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्षको अवसर पारेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला राख्ने घोषणा गरे । तर उक्त घोषणाले व्यवसायीलाई राहत मिलेपनि महिला श्रमिकहरू शोषणमा परेको गुनासो आएको छ । 

बुधबार तरंगिनी फाउण्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय श्रमिकको सम्मानसम्बन्धी सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा रात्रिकालीन यौनश्रमका महिलाहरु शोषणमा परेको बताइएको छ । 

तरंगिनी फाउण्डेसनलकी बबिता बरालले राती ११ बजेसम्म गर्नुपर्ने काम लम्बिएर बिहानको एक दुई बजेसम्म गर्नुपरेको तर तलब त्यति नै भएको उनीहरूको गुनासो आएको बताइन् । 

‘लामो समय काममा लगाएर साहुले उति नै पारिश्रमिकमा काम लगाएको पीडितहरूले गुनासो गरेको छन्, बरालले भनिन् । 

महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) तथा तरंगिनी महिला अधिकार प्रशिक्षण केन्द्रका अध्यक्ष डा. रेणु अधिकारीले ले यौनश्रमलाई समाजले पचाँउन नसकेको हुँदा उक्त क्षेत्रका श्रमिकहरुले हिंसा खेप्दा बोल्न नसकेको बताउँछिन् । 

उनी भन्छिन्, ‘सामाजिक रुपान्तरणको लागि पहिलो सर्त हो महिलाको काम को सम्मान गर्नु ।’ 

राजनीतिक रूपान्तरण भएपनि सोचगत रूपान्तरण नहुँदा समस्या सिर्जना भएको उनको भनाई छ । मनोरञ्जन क्षेत्रका महिलाको हक र अधिकारका लागि काम गर्ने ‘महिलाका निम्ति महिला मञ्च नेपाल’ का कार्यकारी निर्देशक गोमावती पुन (सिर्जना) ले पुरुषलाई पहिलो दर्जामा राख्नको लागि पृत्रिसत्ताले महिलाको कामको अवमूल्यन गर्दै आइरहेको बताइन् । 

अर्थ राजनीतिले सस्तो स्रोत, श्रमिक र बजार खोज्दाको परिणामको मारमा महिला परेको सुनाइन् । विभिन्न संघसस्थाले उल्लेख गरेअनुसार नेपालमा करिब दुई लाख यौनकर्मी रहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ४ : ५४ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच