कालीकोटकै नमूना स्याउ फोइमहादेवमा | Khabarhub Khabarhub

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा रहेको छ । स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमूना स्याउ बगैँचा हो ।

शिक्षकसमेत रहेका हमालले फोइमहादेवको दहचौरमा रहेको महादेव माध्यमिक विद्यालयको आठ हेक्टर जमिन लिजमा लिएर सञ्चालन गरेको नमूना स्याउ बगैँचामा फुजी, गाला र गोल्डेन जातका गरी ११ हजार स्याउका बिरुवा रोपिएका छन् ।

हमालले चुली कर्णाली एग्रो फार्म दर्ता गरेर नमूना स्याउ बगैँचा निर्माण गरेका हुन् । फोइमहादेव गाउँमा फुजी स्याउ उत्पादनको सम्भावना रहेको र स्याउबाट मनग्य आम्दानी लिन सकिने भएकाले आफूले शिक्षण पेशाबाट कमाएको पैसासमेत खर्च गरेर स्याउ बगैँचा निर्माण गरेको हमालले बताए। 

‘गाउँमै फुजी जातको स्याउको नमूना बगैँचा बनाएर उत्पादन सुरु गर्न थालेको छु’, उनले भने, ‘अहिले मैले लगाएको फुजी जातको स्याउले राम्रो उत्पादन दिन थालेपछि गाउँका अरुले समेत स्याउ रोप्न थाल्नुभएको छ ।’

वार्षिक रु दुई लाख ५० हजार महादेव माध्यमिक विद्यालयलाई भाडा तिरेर लिजमा लिएको जग्गामा अहिले थरिथरिका स्याउ फुलेको देख्दा आफूलाई खुसी लाग्ने गरेको हमालले बताए ।

बगैँचा व्यवस्थापनका लागि स्याउ जोन जुम्ला कार्यालयबाट ५० प्रतिशत अनुदानमा रु ४२ लाखमात्र सहयोग पाएको हमालले बताए। 

तिलागुफाको फोइमहादेव गाउँमा धेरै किसानले स्याउ बगैँचा विस्तारका लागि कार्यालयबाट अनुदान लिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । 

चुली कर्णाली एग्रो फार्मले सञ्चालन गरेको फोइमहादेवको दहचौर स्याउ बगैँचा जिल्लाकै नमूना बगैँचा रहेको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले बताए ।

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, पचालझरना गाउँपालिका र रास्कोट नगरपालिकाका एक हजार तीन सय हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  २ : २५ बजे

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने