‘कृषि दशकमा कृषि क्रान्ति गर्छौं’ – मन्त्री अधिकारी « Khabarhub

‘कृषि दशकमा कृषि क्रान्ति गर्छौं’ – मन्त्री अधिकारी


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा कृषि क्रान्ति गर्न ‘कृषि दशक २०८१—२०९१’ मनाउन लागिएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको ‘नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा मन्त्री अधिकारीले कृषि क्रान्तिबारे कुरा गरेका हुन् ।

‘सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१—२०९१ मनाउन लागेको छ,’ मन्त्री अधिकारीले भने, ‘अहिले कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास गरिहेको छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री कृष्ण बहादुर राउतले देशको रोजगारीको सबै भन्दा धेरै हिस्सा ओगटेको लघु, घरेलु तथा साना उद्योगको योगदान प्रशंसनीय रहेको बताए ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले लघु, साना तथा मझौला उद्यमीहरुलाई केन्द्रमा राखेर कार्य गरिरहेको बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ०८ बजे

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार