काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै « Khabarhub

काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न सकिने प्रसारणलाइन र सबस्टेशन संरचना आज उद्घाटन गरिँदैछ ।

मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारणलाइन र मातातीर्थ २२० केभी सबस्टेशन आजदेखि औपचारिक सञ्चालनमा ल्याउन लागिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार दिउँसो ३ बजे चन्द्रागिरि नगरपालिका–८, बौँथलीचोकमा विद्युतका दुई महत्वपूर्ण पूर्वाधार एकैसाथ उद्घाटन गर्नेछन्‌ ।

विद्युत प्रसारणका यी दुई पूर्वाधार तयार गर्न नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, नर्वे सरकार र एसियाली विकास बैंक (एडीबी)ले लगानी गरेका छन् ।

२२० केभी डबल सर्किट प्रसारणलाइन तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोकदेखि काठमाडौं मातातीर्थसम्म विस्तारित छ । यो प्रसारणलाइनको लम्बाइ ८२ किलोमिटर छ ।

प्रसारणलाइन निर्माण २०७९ जेठमै सम्पन्न भई १३२ केभी क्षमतामा सञ्चालन गरिएको थियो । १३२ क्षमतामै सञ्चालन गर्दा पनि प्रसारणलाइनबाट काठमाडौं उपत्यकामा २०० मेगावाटसम्म थप विद्युत प्रसारण हुन सकेको छ ।

त्यसअघि मर्स्याङ्दी–स्यूचाटार १३२ केभी सिङ्गल सर्किट लाइनबाट करिब १०० मेगावाट विद्युतमात्रै प्रसारण हुने गरेको थियो । कुलेखानी आयोजना सञ्चालन नभएका बेला यो प्रसारणलाइनबाट प्रवाहित बिजुलीले काठमाडौं उपत्यकाको विद्युत माग पूर्ति गर्न धौ–धौ पर्थ्यो ।

आज उद्घाटन गर्न लागिएको प्रसारणलाइनले काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत प्रवाह गर्न सक्नेछ । प्रसारणलाइनबाट आँबुखैरेनीको मार्कीचोकदेखि बाणभञ्ज्याङसम्म मर्स्याङ्दी करिडोरको एक हजार मेगावाट विद्युत पठाइनेछ ।

त्रिशुली करिडोरमा उत्पादित एक हजार मेगावाट थप विद्युत बाणभञ्ज्याङमा थपिनेछ । वाणभञ्ज्याङबाट मातातीर्थसम्मको मल्टीसर्किट (चार सर्किट)बाट कूल दुई हजार मेगावाट बिजुली काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

यो प्रसारणलाइन निर्माणको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले एक करोड तीन लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा पाएको थियो । कम्पनीले २०७३ भदौबाट प्रसारणलाइन जडान थालेको थियो ।

यही आयोजना अन्तर्गत काठमाडौं मातातीर्थ र तनहुँ मार्कीचोकमा २२०/१३२/३३ केभी क्षमताका सबस्टेशन निर्माण भएको हो । सबस्टेशन निर्माण सम्पन्न भएकाले दुबै संरचना औपचारिक रूपमा आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : ०८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु