छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता « Khabarhub

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको छ ।

अहिले थलारा गाउँपालिकाबाट मत गन्न थालिएको छ । जहाँको वडा नम्बर ९ बाट मत गन्दा एमालेले अग्रता बढाइरहेको छ ।

७ वडा रहेका रहेका उक्त गाउँपालिकाको सबै मत गनिसक्दा नेकपा एमालेका भण्डारी बलियो देखिएका हुन् ।

बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार आइतबार साँझसम्म छबिसपाथिभेराका सबै ७ वटा वडा र थलारा गाउँपालिका वडा नम्बर ९ को मत गनेर सकिएको छ ।

यस्तो अवस्थामा एमालेका भण्डारी २ हजार ८७ मतसहित अग्र स्थानमा छन् । उनले नेकपा माओवादी केन्द्रका जनक बुढाभन्दा ७१४ मत धेरै ल्याएका छन् ।

छबिसपाथीभेरा एकीकृत समाजवादी नेता एवम् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको गृह पालिका पनि हो । उनी उक्त पालिकाको वडा नम्बर ४ का बासिन्दा पनि हुन् ।

यो पालिकाको मत गनिसक्दा समाजवादी दिलबहादुर सिंहले ८५५ मत ल्याएका छन् ।

साँझ ६ बजेसम्मको मतपरिणाम
दमनबहादुर भण्डारी (एमाले) : २०८७
जनक बुढा (नेकपा माओवादी केन्द्र) : १३७३
अभिषेक बहादुर सिंह (नेपाली कांग्रेस ) : १२८९
दिलबहादुर सिंह (एकीकृत समाजवादी) : ८५५

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ४३ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली