‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा « Khabarhub

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र बागलुङ बजार । डोयको उक्त पहाडलाई ब्लु हिलको रुपमा परिणत गर्दै पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले योजना सञ्चालन गरेको छ ।

नगरपालिकाले डोयलाई नगरपालिकास्तरीय गौरवको योजनामा समावेश गरी पर्यटकीय गन्तव्य बनाउन पर्यटकीय पूर्वाधार निर्माण सुरु गरेको हो ।

 बागलुङ नगरपालिका-९ तित्याङको मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामाकरण गरेर चालु आर्थिक वर्षबाट पूर्वाधार निर्माण थालेको छ । ब्लु हिल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गरेको छ । 

उक्त ब्लु हिलका लागि चालु आवमा नगरपालिकाले रु ७० लाख बजेट विनियोजन गरेको छ । ब्लु हिलमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जीम हल, मन्दिर, पार्किङ लगायतका पूर्वाधार निर्माण गर्न २४ करोड ५६ लाख २२ हजार लागत अनुमान गरिएको छ । 

ब्लु हिलमा आन्तरिक पर्यटक पुर्‍याउने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाले चालु आवमा ब्लु हिल पर्यटकीय गन्तव्यको लागि रु ७० लाख बजेटअन्तर्गत अहिले जग्गा चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने लगायतको काम धमाधम थालेको छ । 

समुन्द्री सतहदेखि करिब दुई हजार दुई सय मिटरको उचाइमा डोय डाँडा ‘ब्लु हिल’ छ । डाँडामा पर्यटकीय सडकसहितका पूर्वाधार निर्माण गर्ने नगरपालिकाको लक्ष्य  छ ।   

हाल सम्म जग्गा व्यवस्थापनमा रु २० लाख खर्च भइसकेको छ । पर्खाल लगाउने र शिवमन्दिर निर्माणको काम भइसकेको बागलुङ नगरपालिका-९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए । 

डिपीआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, निलगिरी अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ । यहाँ आउने पर्यटकलाई लक्षित गरी घरवास सञ्चालनमा ल्याउने स्थानीयको योजना छ । 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : १५ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा