इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता « Khabarhub

इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् ।

यहाँ आइतबार दिउँसोबाट साँझसम्म नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता बनाएका थिए । तर ४ नम्बर र ५ वडाको मत गनिसकेपछि एमालेका सुहाङले ७८० मतको फराकिलो अग्रता बनाएका हुन् ।

फाकफोकथुम वडा नम्बर ५ मा सुहाङलाई ७०७ मत खसेको छ । उता नेपाली कांग्रेसका डम्बरको पक्षमा २७२ मत मात्रै झरेको छ ।

यसअघि सुहाङलाई अग्रता दिलाएको वडा नम्बर ४ मा ९१२ मत खसेको थियो । त्यहाँ कांग्रेसका डम्बरलाई ५३९ मत खसेको थियो ।

ताजा अवस्थामा सुहाङले ३२ सय ४९ मत ल्याएका छन् । उता कांग्रेसका डम्बरले २४ सय ६९ मत ल्याएका छन् ।

ताजा अवस्था
सुहाङ नेम्वाङ (नेकपा एमाले) : ३२४९ (सूर्य)
डम्बर खड्का (नेपाली कांग्रेस) : २४६९ (रुख)
डेकेन्द्र थेगिम (पहिचान पक्ष स्वतन्त्र) : ६९६ (मुढा)
मिलन लिम्बू (राष्ट्रिय स्वतन्त्र पार्टी) : ४३४ (घण्टी)

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : ५४ बजे

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि