बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि « Khabarhub

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

कांग्रेस- ९१६७, एमाले- ९०८४


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। बझाङमा कांग्रेसले सोमबार बिहानदेखि अग्रता लिएको छ। पछिल्लो मत परिणाममा एमालेले मतअन्तर घटाउँदै लगेको छ। अघिल्लो पटक सार्वजनिक भएको मत परिणाममा २८४ मतले अगाडि रहेको कांग्रेस पछिल्लो मत परिणाममा ८३ मतले मात्र अगाडि छ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ९ हजार १६७ मत पाएका छन्। एमालेका उम्मदेवार दमन भण्डारीले ९ हजार ८४ मत पाएका छन्। चर्को प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा ८३ मतले अगाडि छ।

माओवादीका उम्मेदवार जनक बुढा ३ हजार ४९५ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २३ सय २८ मतसहित चौथो स्थानमा छन्।

मष्टा गाउँपालिका सकेर अहिले तल्कोटको गणना जारी छ। बझाङमा अब साइपाल गाउँपालिकाको गणना हुन बाँकी रहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : ४८ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित