बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि « Khabarhub

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

कांग्रेस- ९१६७, एमाले- ९०८४


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। बझाङमा कांग्रेसले सोमबार बिहानदेखि अग्रता लिएको छ। पछिल्लो मत परिणाममा एमालेले मतअन्तर घटाउँदै लगेको छ। अघिल्लो पटक सार्वजनिक भएको मत परिणाममा २८४ मतले अगाडि रहेको कांग्रेस पछिल्लो मत परिणाममा ८३ मतले मात्र अगाडि छ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ९ हजार १६७ मत पाएका छन्। एमालेका उम्मदेवार दमन भण्डारीले ९ हजार ८४ मत पाएका छन्। चर्को प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा ८३ मतले अगाडि छ।

माओवादीका उम्मेदवार जनक बुढा ३ हजार ४९५ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २३ सय २८ मतसहित चौथो स्थानमा छन्।

मष्टा गाउँपालिका सकेर अहिले तल्कोटको गणना जारी छ। बझाङमा अब साइपाल गाउँपालिकाको गणना हुन बाँकी रहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : ४८ बजे

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै