उड्ने हैन त हावामा ? सुपरम्यान बन्नुको मज्जा बेग्लै ! « Khabarhub

उड्ने हैन त हावामा ? सुपरम्यान बन्नुको मज्जा बेग्लै !


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काभ्रेपलाञ्चोकको पर्यटकीय गन्तव्य धुलिखेलस्थित थाक्लेडाँडामा साहसिक खेल ‘जीपलाइन’को मज्जा लिने पर्यटकको संख्या बढ्दो छ ।

थाक्लेडाँडाबाट पाँचखालको खावासम्मको एक किलोमिटर दूरीमा खेलिने यो साहासिह खेल गत फागुनदेखि सञ्चालनमा ल्याइएको हो । जीपलाइन सञ्चालनमा आएसँगै यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । जीपलाइन खेलमा विदेशी पर्यटकहरु आउने क्रम पनि बढिरहेको संचालकको भनाइ छ ।

जीप लाइनमा रमाउनेहरुका लागि सञ्चालकले तीन प्रकारका खेलहरुको सुविधा प्रदान गर्दै आएको छ । जसमा क्लासिक जीपलाईन (एक जना), कपल जीपलाइन (दुई जना) र सुपरम्यान जीप लाइन (सुतेर) छन् । जुन रोजी छानी खेल्न पाइन्छ ।

जीपलाईनमा एउटा टावरदेखि अर्कौ टावरसम्म पुग्न १ मिनेट २० सेकेण्ड लाग्नेभए पनि मानिसको तौल र रक्तचापमा समेत निर्भर रहने हुँदा समय घटबढ हुनसक्ने सञ्चालक केदार थापाले जानकारी दिए ।

हावामा उड्न कति लाग्छ ?

साहसिक खेल जीपलाइनमा तीन प्रकारका खेल छ । तीनै प्रकारका खेलमा आन्तरिक र बाह्य पर्यटकका लागि खेलको शुल्क पनि फरक–फरक तोकिएको छ ।

नेपाली नागरिकका लागि क्लासिक जीपलाईनका लागि २ हजार ५ सय, कपल जीपलाइनका लागि ४ हजार ५ सय र सुपरम्यान जीप लाइनका लागि ३ हजार ५ सय नेपाली रुपैयाँ लाग्नेछ ।

यस्तै सार्क मुलुकका पर्यटकका लागि क्लासिक, कपल र सुपरम्याप जीपलाईनमा क्रमशः ३ हजार, ४ हजार र ५ हजार शुल्क तोकिएको छ भने, अन्य मुलुकका पर्यटकले क्रमशः ३ हजार ५ सय, ४ हजार ५ सय र ६ हजार शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : २२ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी