इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै « Khabarhub

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

यो क्षेत्रमा पर्ने ४२ मध्ये ३३ वडाको मतगणना भइसकेको छ । अहिले इलाम नपारपालिकाको मत गणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ६ हजार २ सय ६४ मतको अग्रता बनाएका छन् । उनले  २२ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् ।

सुहाङलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ताजा अवस्थामा १६ हजार २ सय २८ मत ल्याएका छन् ।

उता तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार २ सय ५१ मत प्राप्त गरेका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ७ सय ६८ मत प्राप्त गरे छन्।

यस्तै नेकपा (एकीकृत समाजवादी) चारसय मत कटाउन संघर्ष गरिहेको छ । अहिलेसम्म कलमले ३७४ मत प्राप्त गरेको छ ।

शनिबार भएको मतदानमा यहाँ ६९ हजार २ सय ८७ मत खसेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै