नौ महिनामा एक अर्ब ७८ करोड राजस्व संकलन « Khabarhub

नौ महिनामा एक अर्ब ७८ करोड राजस्व संकलन


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चालु आव २०८०-८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त राजस्व संकलन गरेको हो ।

आयकरबाट एक अर्ब एक करोड ६७ लाख, मूल्य अभिवृद्धि करबाट ६२ करोड १० लाख, अन्तःशुल्कबाट रु १० करोड ५६ लाख, ब्याजबापत तीन करोड ७० लाख, बहाल करबाट ९१ लाख र स्वास्थ्य सेवा करबाट रु एक लाख राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार कार्यालयको चालु आवका नौ महिनामा दुई अर्ब १० करोड ९६ लाख राजस्व संकलनको लक्ष्य रहेकामा लक्ष्यको ८४ दशमलव ८४ प्रतिशतमात्रै राजस्व संकलन भएको छ । चालु आवमा रु तीन अर्ब आठ करोड ४१ लाख राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य रहेकामा नौ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ५७ दशमलव ८० प्रतिशत रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए।

‘करदाताको कारोबारमा गिरावट आएको छ, बहाल करको दायरा घटेको छ, पूँजीगत खर्च कम छ’, उनले भने, ‘आर्थिक क्रियाकलाप घटेको छ, जसले गर्दा राजस्व संकलनमा कमी आएको छ ।’ कार्यालयको आव २०७९-८० मा रु तीन अर्ब ३६ करोड राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा  दुई अर्ब ५७ करोड ९८ लाखमात्रै राजस्व संकलन भएको सूचना अधिकारी पौडेलले जानकारी दिए। जुन वार्षिक लक्ष्यको ७६ दशमलव ७८ प्रतिशतमात्रै थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ३ : ०३ बजे

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता