ललितपुरमा ‘बिउ एटीएम’ संचालन, पैसा हाल्दा कसरी आउँछ बिउ ? « Khabarhub

ललितपुरमा ‘बिउ एटीएम’ संचालन, पैसा हाल्दा कसरी आउँछ बिउ ?


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले ‘बिउ एटीएम’ पनि संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले सहरी खेती साझेदारी कार्यक्रम अन्तरगत कृषकहरुलाई उन्नतस्तरको बिउ एटीएममार्फत् उपलब्ध गराउने गरी सो एटीएम संचालनमा ल्याएको हो ।

आइतबार ललितपुरमा एक कार्यक्रममा बीच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो प्रविधिको पनि उद्घाटन गरेका हुन् । उनले सहरी कृषकहरुको उत्पादनमा बढावा दिने उद्देश्यका साथ उन्नत विउ विजन वितरणका लागि बिउ एटियमको पनि व्यवस्था गरिएको स्पष्ट पारे । त्यसमा ३६ जातका तरकारी तथा फलफूलको उन्नत विउ पाउने व्यवस्था पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

२०, ५० र १०० मूल्यका सफा नोट एटीएममा घुसाएपछि उनीहरुले चाहे अनुसारको बिउको चित्र आउने र सोही चित्रमा थिचेपछि आवश्यक बिउ प्राप्त गर्ने व्यवस्था सो एटीएम गरिएको छ ।

ललितपुर महानगरपालिकाले ‘पानी एटीएम’ पनि संचालन गरिसकेको छ । मेयर महर्जनले सहरी क्षेत्रको उचित व्यवस्थापनका लागि ‘साईकल लेन’को व्यवस्था गर्ने कामलाई पनि अघि बढाइएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव जिसीले प्रदेश र स्थानीय सरकारसँग मिलेर कृषि उत्पादनमा बढावा दिन नयाँ–नयाँ प्रविधिको विकास गर्न सरकार तयार रहेको बताए । उनले कृषिमा निर्भर मुलुकलाई अघि बढाउन कृषि क्षेत्रको विकासमा तीन वटै तहबीच मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए ।

ललितपुर महानगरपालिकाले नौं लाख लगानीमा स्थापना गरेको सो मेसिनको सेवा सबै वडामा संचालनमा ल्याउने तयारी पनि गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ३४ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन