लण्डनमा तरबार हमला, एक जनाको मृत्यु « Khabarhub

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको छ । हमलामा एक जनाको ज्यान गएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

मंगलबार बेलुकी ती आक्रमणकारीले सडकमा हिँडिरहेका कयौं मानिसमाथि तरबार प्रहार गरेका थिए । आक्रमणबाट पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये १४ वर्षीय एक किशोरको उपचार क्रममा अस्पतालमा ज्यान गएको हो । अन्य चार घाइतेमध्ये दुई जना आम नागरिक र दुई जना प्रहरी हुन् ।

तरबार आक्रमणकारीलाई प्रहरीले सूचना प्राप्त भएको २२ मिनेटमै नियन्त्रणमा लिएको थियो । निजलाई उत्तर–पूर्वी लण्डनको हेनाल्ड इलाकाबाट गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ ।

आक्रमणकारी पनि घाइते रहेकाले प्रहरी अधिकारीहरूले सोधपुछ गर्न सकेका छैनन् । निज आक्रमणकारीलाई मानिसहरूले धारिलो हतियार लिएर सडकमा घुमिरहेको देखेको बताएका छन् ।

घटनालगत्तै बेलायतको बर्मिंघम दरबारले विज्ञप्ती जारी गरी हमलाबाट प्रभावित मानिसहरूलाई सान्त्वना दिएको छ । राजा चाल्र्स तृतीयले आफू पीडितको पक्षमा रहेको बताएका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ११ : ०८ बजे

रुसी सेनामा भर्ती भएका बैतडीका एक युवकको मृत्यु

बैतडी– रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली

अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल

भेनेजुएलाका राष्ट्रपतिको अवस्था अझै अज्ञात

काराकास- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अवस्था अझै अज्ञात छ ।

‘विधान अनुसार नै एन्फाको निर्वाचन हुन्छ’

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको

विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफल

काठमाडौं– नेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा