लण्डनमा तरबार हमला, एक जनाको मृत्यु « Khabarhub

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको छ । हमलामा एक जनाको ज्यान गएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

मंगलबार बेलुकी ती आक्रमणकारीले सडकमा हिँडिरहेका कयौं मानिसमाथि तरबार प्रहार गरेका थिए । आक्रमणबाट पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये १४ वर्षीय एक किशोरको उपचार क्रममा अस्पतालमा ज्यान गएको हो । अन्य चार घाइतेमध्ये दुई जना आम नागरिक र दुई जना प्रहरी हुन् ।

तरबार आक्रमणकारीलाई प्रहरीले सूचना प्राप्त भएको २२ मिनेटमै नियन्त्रणमा लिएको थियो । निजलाई उत्तर–पूर्वी लण्डनको हेनाल्ड इलाकाबाट गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ ।

आक्रमणकारी पनि घाइते रहेकाले प्रहरी अधिकारीहरूले सोधपुछ गर्न सकेका छैनन् । निज आक्रमणकारीलाई मानिसहरूले धारिलो हतियार लिएर सडकमा घुमिरहेको देखेको बताएका छन् ।

घटनालगत्तै बेलायतको बर्मिंघम दरबारले विज्ञप्ती जारी गरी हमलाबाट प्रभावित मानिसहरूलाई सान्त्वना दिएको छ । राजा चाल्र्स तृतीयले आफू पीडितको पक्षमा रहेको बताएका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ११ : ०८ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ