आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार सन् २०२४ मे ३ तारिख। वैशाख कृष्ण पक्षको दशमी तिथि। अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्र दिवस। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : मिठो खान पाइने योग छ। साथीको सहयोग प्राप्त हुनेछ। साथी तपाईंले सोचेको भन्दा धेरै नजिक हुन्छन्। धन र ज्ञान आर्जन गर्ने दिन छ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

वृष : बोलीमा सरस्वतीको बास छ। धेरै मानिसको हित हुनेगरी बोल्नु राम्रो हुन्छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। तपाईंको विरोध गर्ने साथी कमजोर हुनेछन्। शिक्षा र स्वास्थ्यमा प्रगति नभए पनि वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। खर्च गर्ने बानीले परिवारमा भने विवाद हुनसक्छ।

मिथुन : पुरानो काम सफल बन्नेछ। खुशी साट्ने उपयुक्त दिन हो। शिक्षामा सफलता प्राप्त हुनेछ। व्यापारमा लाभ हुनेछ। सामाजिक सेवा र राजनीतिक क्षेत्रमा रुची बढ्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : अचानक रोगको प्रकोप देखा पर्नसक्छ। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ। व्यवहार गर्दा आएका चुनौतीको समाधान हुनेछ। सम्मान प्राप्त हुनेछ। शिक्षामा लगानी गरेको भए उत्साह बढ्नेछ। परिवारमा भने शंकाउपशंका हुनसक्ने जोखिम देखिन्छ।

सिंह : परिवारको साथ र सहयोग मिल्नेछ। इच्छा अनुसार मिठो खानेकुरा प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। पेट सम्बन्धी समस्या देखिने भएकाले खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। धैर्य भएर गरेको काम सफल बन्नेछ।

कन्या : लगानी र श्रमबाट उचित फल प्राप्त नहुने जोखिम छ। बोल्दा सोचेर बोल्नु राम्रो हुन्छ। स्वदेशको लगानीमा मन खुशी हुनेछ। विदेशको धनप्रति आकर्षण देखिँदैन। परिवार र प्रेम सम्बन्ध सुखमय बन्नेछ।

तुला : कुरा काट्ने सक्रिय हुनेछन्। आफ्नो श्रमको कदर नहुँदा मन उदास हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीले उत्साह बढाउने छ। परिवारको साथ मिल्नेछ। धार्मिक मुद्दाले अगाडि बढ्न नसक्ने देखिन्छ।

वृश्चिक : शिक्षामा लगानी गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वदेशमै गरेको श्रमले मनमा उत्साह थपिने छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। रोगले डेरा जमाउने दिन हो। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ।

धनु : विद्या, बुद्धि र व्यापारको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक लगानीको क्षेत्रमा उन्नति हुनेछ। स्वास्थमा लाभ मिल्नेछ। परिवारमा सुख र शान्ति रहने योग छ। मन खुशी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : कुनै काम गर्नु परेमा परिवारको साथ लिनु राम्रो हुन्छ। पन्छीलाई चारो दिनु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। तीर्थ र पार्टी खाने नाममा खर्च बढ्नेछ। आफ्नै भनेकाहरुले कुरा काट्नेछन्। बिहानै शिवको भजन गरेमा शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : धन आर्जन गर्ने समय छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रतिस्पर्धी शान्त रहनेछन्। खानपानमा सचेत नभएमा रोगको प्रकोप फैलिने खतरा छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ४ : ५८ बजे

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने

शंकर अग्रवाल छुट्दा छोरा शुलभलाई थपियो ५ दिन म्याद

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शुलभ अग्रवाललाई हिरासतमा