आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै | Khabarhub Khabarhub

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । 

विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम , कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ । 

 कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ६ : १९ बजे

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट

तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने