आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग « Khabarhub

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ ।

महानगरको विपद् व्यवस्थानि समितिको आज बसेको बैठकले आगलागी प्रभावित दाङको राजपुर र गुल्मीको इस्मा गाउँपालिकालाई रु दस÷दस लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले आगलागीका कारण घर, गोठ, पशुचौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयलाई खाद्यान्न, औषधोपचारलगायत अत्यावश्यक सेवाका लागि अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको साहको सचिवालयले जनाएको छ ।

गत वैशाख १६ गते राजपुर गाउँपालिका—७ हाटबास क्षेत्रमा आगलागी हुँदा २५ घर र ३५ गोठ जलेरका थिए । यस्तै, वैशाख ८ र ९ गते गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ घर, ५१ गोठ, १३ भैँसी, ७८ बाख्रा जलेका थिए ।

कामपाले यस अघि पनि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका—६ जरलहवा टोलका आगलागी पीडितलाई पनि रु १० लाख सहयोग उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ९ : ०० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार