डढेलो निभाउन सिम्रिक एयरले सघाउने | Khabarhub Khabarhub

डढेलो निभाउन सिम्रिक एयरले सघाउने


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको डढेलो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए । उनले भने, ‘डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ ।’

आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जङ्गलमा लागेको आगो निभाउन सकिने बताउँदै उनले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौंको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी दिए ।

कम्पनीले विगतमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाएको महाप्रबन्धक जोशीले बताए । उनले देशका सबै पालिकालाई पानीको स्रोत व्यवस्थापन गर्न अुनरोध समेत गरे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार ५३ जिल्लाका चार सय ३६ वनमा डढेलो सल्केको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ६ : ४३ बजे

पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचन जारी

काठमाडौं– काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ

सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

काठमाडौं– सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’

पोखरा र चीनका पर्यटन व्यवसायीबीच साझेदारी

चीन– पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच

आज अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

इजरायलको आक्रमण : एकै दिन ७० जना मारिए

इजरायल – बुधबार इजरायलले गाजामा गरेको आक्रमणमा ७० जनाको ज्यान