इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा उल्भ्सलाई ५–१ गोलले हराउँदै सिटीले सहज जित निकालेको हो ।

सिटीको जितमा स्टार फरवार्ड एरलिङ हालान्डले चार तथा जुलियन अल्भारेजले एक गोल गरेका थिए । यस्तै, उल्भ्सका ह्वांग हि चानले एक गोल फर्काए ।

खेलको १२औँ मिनेटमा सिटीका हालान्डले पेनाल्टीमार्फत सुरुवाती गोल गरेका थिए । उनले ३५औँ, पहिलो हाफको इन्जुरी समय र ५४औँ मिनेटमा गोल गरेका थिए । उल्भ्सका हि चानले ५४ औँ मिनेटमा एक गोल फर्काएका थिए ।

यस्तै, सिटीका अल्भारेजले खेलको ८५औँ मिनेटमा गोल गरेपछि म्यानचेस्टर सिटी ५–१ गोलले विजयी भयो ।

यो जितसँगै ३५ खेलबाट ८२ अंक जोडेको म्यानचेस्टर सिटी तालिकाको दोस्रो स्थानमा छ । ३६ खेलबाट ८३ अंकसहित आर्सनल पहिलो स्थानमा छ । पराजित भएको उल्भ्स ३६ खेलबाट ४६ अंकका साथ ११औँ स्थानमा छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : १३ बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३