सात हजार पशुपक्षीको उपचार « Khabarhub

सात हजार पशुपक्षीको उपचार


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार ४०८ पशुपक्षीको उपचार गरेको छ । आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपक्षीको उपचार गरेको हो ।

आयोजनाले पशु स्वास्थ्यका हिसाबले उपचार सेवा लिन टाढा रहेका वडा टीकापुर नगरपालिका–४ मौरनीया, वडा नं ७ दिव्यपुर, जानकी गाउँपालिका वडा नं २ बडरिया, वडा नं ६ जगतपुर र लम्की चुहा ७ चाङ्गावाणीमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा उपचारसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

टीकापुर–४ मा भएको पशु स्वास्थ्य शिविरमा ९३ गाईभैँसी, चार सय ६८ भेडाबाख्रा, २४ बङ्गुर, एक हजार चार कुखुरा, नौ कुकुरको उपचार गरिएको छ ।

त्यस्तै टीकापुर–७ मा दिव्यपुरमा भएको शिविरमा ६७ गाईभैँसी, तीन सय ४४ भेडाबाख्रा, १७ बङ्गुर, नौ सय ८३ कुखुराको उपचार गरिएको छ ।

जानकी–२ बडरियामा ६६ गाईभैँसी, छ सय ९३ भेडाबाख्रा, १५ बङ्गुर, दुई सय ७९ कुखुराको उपचार गरिएको छ । जानकी–६ जगतपुरमा एक सय ४९ गाईभैँसी, छ सय ४८ भेडाबाख्रा, ५४ बङ्गुर, एक हजार छ सय ४४ कुखुरा, २४ बिरालोको उपचार गरिएको पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारतीले जानकारी दिए ।

भारतीका अनुसार लम्कीचुहा नगरपालिकाको चाङ्गावाणीमा भएको शिविरमा ७८ गाई–भैँसी, तीन सय ५५ भेडा बाख्रा, चार सय ३२ कुखुरा, सात कुकुर र बिरालाको उपचार गरिएको हो ।

पाँच दिनसम्म चलेको पशु स्वास्थ्य शिविरमा ६ सय २५ किसानले सेवा लिएका हुन् । आयोजनाले ग्रामीण क्षेत्रमा रहेका किसानलाई पशुपक्षीको उपचारमा सहजताका लागि गाउँगाउँमा गएर स्वास्थ्य सेवा दिएको हो ।

कार्यक्रममा पशु चिकित्सक डाक्टर निराजन चौधरीसहित टीकापुर, लम्कीचुहा र जानकी तीनवटै पालिकाका प्राविधिकले उपचारमा सघाएका हुन् ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ९ : ०२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते