संरक्षण थालिएको ताल नै सुकेपछि… « Khabarhub

संरक्षण थालिएको ताल नै सुकेपछि…


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो ।

तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो ।

तङ्ग्राम गाउँका शिरमा रहेको खोरताल संरक्षण गर्ने भन्दै आर्थिक वर्ष २०७९–८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएको थिए । त्यसपछि ताल पानीविहीन भएको स्थानीय गङ्गाबहादुर किसानले बताए ।

गाउँलेले ताललाई परम्परागत रुपमा संरक्षण गर्दै आएको सुनाउँदै सिमेन्टको पर्खालका कारण ताल सुकेको उनको भनाइ छ ।

धार्मिक महत्वसँग जोडिएको यो तालमा पहिले–पहिले स्थानीयले पूजाआजासमेत गर्ने गरेको भन्दै अहिले त्यो पनि हराएको छ ।

तालमा एकाएक पानी सुक्न थालेपछि स्थानीय अचम्मित बनेका छन् । अहिले बाहिरबाट पानी लिएर हाल्ने स्थिति आएको किसान बताउँछन् । दुई वर्ष अगाडि तालमा ४० प्रतिशत पानी रहेको उनको भनाइ छ ।

‘यहाँ ठूलो पानीको ताल थियो, गाउँले यहीँ पानी भर्ने गर्थे, पहिले–पहिले भैँसी राँगा डुबेपछि कोही पनि तालभित्र पस्दैनथे, तर अहिले तालमा धुलो उड्छ, किन यस्तो भयो हामीहरु निकै अचम्मित भएका छौँ, हिउँमा अलिअलि पानी घट्यो तर यस्तो सुक्खा कहिल्यै पनि परेका थिएन’, किसानले भने ।

स्थानीय दिलमाया किसानले ताल सुकेपछि वरपर खानेपानीको समस्या बढेको बताइन् । आफू यो ठाउँमा आएको २५ वर्ष भएको सुनाउँदै यतिका समयसम्म खानेपानी अभाव नभएको उनको भनाइ छ । उनले भनिन्, ‘यस्तो त कहिल्यै भएको थिएन, म यहाँ आएको पनि साढे दुई दशक बित्यो तालमा पानी सुकेको कहिल्यै थिएन, अहिले तालमा एक थोपा पनि पानी छैन ।’

काठेखोला गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण पुनले जलवायु परिवर्तनका कारण ताल सुकेको हुनसक्ने बताए । तालसँगै गाउँमा भएका थुप्रै पानीका मुहान सुकेको उनको भनाइ छ ।

ताल सुन्दर र पर्यटकीय सम्भावना बोकेको हुँदा गाउँपालिकाले ३० लाख लगानी गरे संरक्षण गरेको उनको भनाइ छ । पहिले हिउँद बर्खा पानी रहने ताल अहिले सुक्खा बनेको अध्यक्ष पुनले बताए ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १० : ०९ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात