व्यासमा प्लास्टिक झोला निषेध गर्न कार्यविधि « Khabarhub

व्यासमा प्लास्टिक झोला निषेध गर्न कार्यविधि


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिकाले ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धी कार्यविधि’ २०८१ पारित गरेको छ ।  

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगरकार्यपालिका बैठकले आगामी जेठ १ गतेदेखि नगरलाई प्लास्टिक झोलामुक्त बनाउने अभियान उद्देश्यसहित कार्यविधि पारित गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी दिए। 

उनले अभियानलाई कार्यान्वयन गर्न चौधवटै वडा कार्यालयमा परिपत्रसमेत गरिएको बताए । नगरपालिकाभित्र सबै प्रकारका प्लास्टिक झोला प्रयोगमा पूर्णरूपमा निषेध गर्ने निर्णय भएकाले सामान खरीद गर्दा कपडा, फाइबर, जुट वा कागजको झोलामात्र प्रयोग गर्न नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ । साथै व्यापारी, व्यवसायीलाई समेत प्लास्टिक झोलाको सट्टा वैकल्पिक झोला बिक्रीवितरण गर्न अनुरोध गरिएको छ । 

नगर उपप्रमुख इन्दिरा दरैले प्लास्टिक झोलामुक्त व्यास नगर अभियान सफल बनाउने दायित्व सबै नगरवासीको भएकाले सबैले सूचनाको पालना गर्ने विश्वास व्यक्त गरे । नियमानुसार नगरिए प्लास्टिक झोला जफत गरी नियमअनुसार जरिवाना गर्ने व्यवस्था रहेकाले अभियानलाई सफल बनाउन सबै तह र तप्काबाट सक्रिय असहभागिता हुने अपेक्षा गरिएको उनको भनाइ छ । 

त्यसैगरी बैठकले व्यास नगरपालिका–५ स्थित मानहुकोट पर्यटकीय क्षेत्रमा घर निर्माणसम्बन्धी मापदण्ड तोकी घर निर्माण प्रक्रिया खुला गर्ने र मानहुकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १ : १९ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच