बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै « Khabarhub

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लामो छलफलपछि बालकुमारी फर्किएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रचण्डसँग छलफलपछि उनी नयाँ रणनीति निर्माणका लागि केन्द्रीय कार्यालय बालकुमारी पुगेका हु्न् ।

उनी अहिले त्यहाँ जसपाका आफ्नो पक्षका नेता र सांसदहरूसँग अनौपचारिक छलफलमा छन् । संघीय परिषद् अध्यक्ष अशोक राईले सात सांसद र ३० जना केन्द्रीय सदस्यहरूसहित आइतबार जसपा फुटाएर नयाँ दल दर्ता गरिसकेका छन् ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्रीसमेत रहेका यादव राष्ट्रसंघको कार्यक्रममा भाग लिन गएका बेला राईले पार्टी विभाजन गरिदिएका हुन् ।

यस्तोमा पार्टी विभाजनपछिको परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डसँग लामो छलफलपछि उनी बालुवाटारबाट बालकुमारी पुगेका हुन् ।

अमेरिका भ्रमण टुङ्ग्याएर मंगलबार बिहान १ बजे काठमाडौं आइपुगेका यादवले प्रधानमन्त्रीसँग नयाँ परिस्थितिको विषयमा छलफल गरेका छन् ।

‘अहिले अध्यक्षज्यू पार्टी कार्यालयमा आन्तरिक छलफलमा हु्नुहुन्छ’, स्वकीय सचिव महेश चौरसियाले भने, ‘सम्भावित रणनीति निर्माणका लागि अनौपचारिक संवादपछि पार्टी बैठक बस्ने छ ।’

यावदले मंगलबार बिहानै बस्ने गरी संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका थिए । तर अहिलेसम्म उक्त बैठक बस्न सकेको छैन ।

यादवले अहिले आफ्नो पक्षमा रहेका जसपाका ५ सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूसँग छलफल गर्दैछन् ।

उक्त छलफलपछि नयाँ रणनीति बनाउन उनले संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिको बैठक राख्ने भएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १२ : ०९ बजे

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

चार दिनभित्र देशभर मनसुन फैलिने, कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पनामामाथि इंग्ल्यान्डको सहज जित, समूह विजेता बन्दै नकआउट चरणमा

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा