बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस् « Khabarhub

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार सन् २०२४ मे ८ तारिख। वैशाख कृष्ण पक्षको मातातीर्थ स्नान, आमाको मुख हेर्ने दिन। रेडक्रस र कानुन दिवससमेत परेका छन्।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ
-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।

-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ।

-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ५ : २१ बजे

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा

‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले

यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत् १ सय ५८ जना