अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ | Khabarhub Khabarhub

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीलाई पुत्री लाभ भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिएकी हुन् । 

आज बिहान पौने आठ बजे तिर करिश्माले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । सलोनका बुबा शोभित बस्नेतका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ । 

उनले खबरहबसँग भने, ‘नानी र आमा दुवैको स्वास्थ्य अवस्था ठीक छ । अस्पतालले हामीलाई बच्चा जिम्मा लगाइसक्यो ।’

आमा खुवाउने औँशीका दिन नातिनीको आगमनले शोभित खुसी छन् । उनी भन्छन्, ‘आमाको मुख हेर्न नातिनी औँशीकै दिन आइन् ।’

सलोन र करिश्मा ०७९ मङ्सिरमा विवाह बन्धनमा बाँधिएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ९ : ५८ बजे

‘टोकियो सप्ताह’ को तयारी पुरा, पण्डित दिनबन्धु टोकियोमा

टोकियो– आगामी साता यहाँ हुन लागेको ‘टोकियो सप्ताह-२०२५’ को तयारी

पक्राउ परे सिंहदरबार र संसद् भवन आगजनीमा संलग्न एक युवक

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा

रास्वपा केन्द्रीय कार्यालयका घर मालिकले छाडे पार्टी सदस्यता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थली च:मतीस्थित केन्द्रीय कार्यालय रहेको घरका मालिक

बृहत् बाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

क्यानाडाका प्रधानमन्त्रीले भने- पहिलो बजेटबाट अमेरिकामाथिको निर्भरता घटाउँछु

ओटावा– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मंगलबार आफ्नो पहिलो बजेट