लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक « Khabarhub

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादका ओपनर टेभिस हेडले मात्र १६ बलमा अर्धशतक बनाएका छन्।

लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको खेलमा ओपनर हेडले आईपिएल इतिहासकै थोरै बलमा अर्धशतक बनाएका हुन्।

राजीव गान्धी अन्तर्राष्‍ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १६६ रनको लक्ष्य हैदरावादले ९.४ ओभरमै १६७ रन बनाएर भेट्टाएको थियो।

४.४ ओभरमै १६ बल खेल्दै हेडले अर्धशतक पूरा गरेका थिए। हेडले ५ चौका र ५ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन्। लखनउविरुद्ध हेडले ३० बलमा ८ चौका र ८ छक्काको मद्दतमा नटआउट ८९ रन बनाए।

अर्का ओपनर अभिषेकले १९ बलमा अर्धशतक पूरा गरेका थिए। ६.३ ओभर खेल्दै अभिषेकले ६ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए। उनले २८ बल खेल्दै ८ चौका र ६ छक्काको मद्दतमा नटआउट ७५ रन बनाए।

सबैभन्दा ठूलो साझेदारी, बिना विकेटको जित र ओपनरको ऐतिहासिक साझेदारीको रेकर्ड हैदरावादले बनाएको छ। टी–२० क्रिकेटमा १० ओभरमै १६६ रनको चुनौती पूरा गरेको रेकर्डसमेत हैदरावादले बनाएको छ।

यो पनि पढ्नुहोस्

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : २१ बजे

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी

एमालेमा यतिसम्म हुन्छ : जब गुन्डुको बैठक कक्षमा केपीसामु बेहोस भएर ढले जगन्नाथ

काठमाडौं- संघीय संसद्को चुनावबाट नराम्रोसँग धक्का व्यहोरेका दुई वाम नेकपा

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ