संविधान कार्यान्वयन भए मात्रै वास्तविक लाेकतन्त्र आउछ : सञ्चामन्त्री शर्मा | Khabarhub Khabarhub

संविधान कार्यान्वयन भए मात्रै वास्तविक लाेकतन्त्र आउछ : सञ्चामन्त्री शर्मा


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्दाको समयमा जस्तै संविधान कार्यान्वयनमा पनि सबै एकजुट हुन आवश्यक रहेको बताएकी छन् ।

बिहीबार आयोजित ‘राष्ट्रिय महिला मादल बादन’ प्रतियोगिताका अवसरमा मन्त्री शर्माले संविधानमा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याएपछि मात्रै वास्तविक लोकतन्त्र आएको महसुस गर्न सकिने बताइन्  ।

यसका लागि राजनीतिकदेखि सांस्कृतिक क्षेत्रको उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ थियो । जनयुद्धको समयमा मादलको भूमिका र महत्त्व स्मरण गर्दै मन्त्री शर्माले सो अवसरमा प्रतियोगितामा मादल बजाउने महिला सहभागीलाई हौसला दिइन् ।

‘हामीले धेरै पटक भाषण गर्दा पनि बुझाउन नसकिने कुरा कलाकार साथीहरूले मादल बजाएरै बुझाउन सक्नुहुन्थ्यो’, उनले भनिन्, ‘मादल हाम्रो मौलिक कला र संस्कृतिको पहिचान पनि हो र यसको संरक्षण गर्नु सबैको दायित्व हो ।’

कर्णाली कलाकार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा तबला वादक सुमित्रा श्रेष्ठ, समाजसेवी सावित्री अधिकारी र लोक दोहोरी गायिका खगिसरा थापालाई ‘राष्ट्रिय नारी सम्मान–२०८१’ ले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ५ : १४ बजे

सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज

कैलाली– सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज भएको छ । कैलालीको

चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर

काठमाडौं– नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको

शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने

काठमाडौं– नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरूले आजदेखि राजनीतिक दलको केन्द्रीय

मायंक यादवले आइपीएल गुमाउने

काठमाडौं – लखनाउ सुपर जायन्ट्सका फास्ट बलर मायंक यादवले आइपीएल

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं– कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको मादी