‘आउँदो बजेटमा कृषिलाई जोड दिनुपर्छ’ : गोल्यान « Khabarhub

‘आउँदो बजेटमा कृषिलाई जोड दिनुपर्छ’ : गोल्यान


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैंकर तथा कृषि उद्यमी पवन गोल्यानले आगामी बजेटले कृषिलाई जोड दिनुपर्ने बताएका छन् । खबरहब र  इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर)को आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गोल्यानले कृषिमा सरकारले जोड दिनुपर्ने बताएका हुन्‌ ।

‘अहिलेको बजेटमा हामीजस्ता मानिसहरूलाई नभएर आम मानिसलाई फाइदा हुनेतर्फ ध्यान जानुपर्‍यो भन्ने मेरो धारणा छ, पहिलोमा कृषि पर्छ । तर, कसरी जाने भन्ने विषयमा भने हामीले जोड गरेकै छैनौं’, उनले भने ।

उनले किसानहरूले धेरै मिहिनेत गर्दा पनि आफ्नो खर्च धान्न सक्ने आम्दानी गर्ने अवस्थासम्म नभएको भन्दै राज्यले सो क्षेत्रमा ध्यान पुर्‍याउन आवश्यक भएको बताए ।

‘मैले ६ वर्षदेखि कृषिमार्फत कसरी फड्को मार्न सकिन्छ भनेर लागेर एउटा अध्ययन गरेको छु’, उनले भने, ‘तराईमा एक वर्षसम्म खेती गर्‍यो भने ५० हजार रुपैयाँभन्दा बढी कमाउन सकिँदैन ।’

साथै उनले अहिलेसम्म आएका बजेट राजस्वमुखी र आयातमुखी भएको समेत आरोप लगाए । ‘धेरै बजेट आए, हामीले धेरै कुरा गर्‍यौं । तर, नेपालको दिगो विकास कसरी हुन्छ भन्नेतर्फ भने ध्यान गएन, अहिलेसम्मका बजेट उत्पादनमुखी वा अरु जे कुरा भनेपनि राजस्वमुखी, वितरणमुखी र आयातमुखी नै भएका छन्’, गोल्यानले भने ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : १६ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै