कांग्रेस सांसद खतिवडाको आरोप : रविलाई जोगाएर सरकारले नै संसद्‍मा अवरोध गर्‍यो « Khabarhub

कांग्रेस सांसद खतिवडाको आरोप : रविलाई जोगाएर सरकारले नै संसद्‍मा अवरोध गर्‍यो


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा सरकारले उपप्रधानमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरेर गल्ती गरेको बताएका छन् ।

सरकारी वकिल कार्यालय रुपन्देहीले सहकारीको बचत ठगी प्रकरणमा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेविरुद्ध अभियोजना पत्र अघि बढाएको बताउँदै खतिवडाले संसदीय समिति नबनेसम्म अब संसद् अघि नबढ्ने बताएका छन् ।

‘सरकारी वकिलको कार्यालय रुपन्देहीले सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएको किटान गरिसकेको छ । तर महान्यायाधिवक्ताले उनलाई जोगाउन सबै पूरै शक्ति लगाएका छन्’, उनले भने, ‘अब यस प्रकरणमा संसदीय समिति बन्नै पर्छ, यस अडानबाट कांग्रेस अब दायाँबायाँ हुँदैन। सरकारकाै कारण संसद् पनि अवरुद्ध भएको हो। यसले नीति तथा कार्यक्रम र बजेटमा पनि असर गर्न सक्छ ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : ४३ बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ