मुलुक समृद्धिका लागि प्राकृतिक स्रोत साधनको उपयोग आवश्यक : अध्यक्ष दाहाल « Khabarhub

मुलुक समृद्धिका लागि प्राकृतिक स्रोत साधनको उपयोग आवश्यक : अध्यक्ष दाहाल


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकमा भएको परिवर्तनको रक्षाका लागि राज्यका सबै निकायका साथै नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

फोकस नेपाल नामक संस्थाले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले १० वर्षे सशस्त्र आन्दोलन देखि बिभिन्न आन्दोलनबाट मुलुकमा राजनीतिक, सांस्कृतिक रूपान्तरण सम्भव भएको भन्दै मुलुकमा भएका परिवर्तनका लागि सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उनले राजनीतिक अस्थिरताका साथै आर्थिक असमानताका कारण समृद्धिको बाटोतर्फ अघि बढ्न चूनौति देखिएको धारणा राखे । मुलुकलाई समृद्धितर्फ अघि बढाउनका लागि प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै एकतावद्ध हुनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष दाहालले विकृति, विसंगतिलाई अन्त्य गर्दै समाज रूपान्तरणका लागि सामाजिक संस्थाहरू क्रियाशील हुनुपर्ने बताए । 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : १९ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक