सुरक्षण मुद्रण प्रकरण : विकल पौडेलसहित ६ जनाविरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

सुरक्षण मुद्रण प्रकरण : विकल पौडेलसहित ६ जनाविरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई नवीनकुमार पोखरेलसहितका व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका अन्यमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीका सिइओ अकबर हुसेन छन्।

उनीहरूसँग जनही ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ बिगो, जरिवाना तथा सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन मिचेर केही व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी सुरक्षण प्रेसको सफ्टवेयर तथा उपकरण खरिद गरेको निष्कर्षसहित उनीहरूलाई भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेले बताए।

उक्त प्रकरणमा पौडेलसहितका व्यक्तिहरूले मिलेमतोमा कानुन विपरीत कार्य गरी सरकारको सम्पत्ति हानी-नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

याे पनि …

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : २३ बजे

स्थानीय तहका समस्या समाधानमा सहजीकरण गरिने

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट तथा कार्यक्रम

मष्तिष्कलाई स्वस्थ राख्न के खाने ?

काठमाडौं- मानिसका लागि शारीरिकसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ

म्याग्दीको गुर्जाखानी आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

राप्रपाले पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिष्कारलाई निरन्तरता दिएको

रास्वपाले गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार, आन्दोलनबाट पछि नहट्ने अडान

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा पार्टीले राखेको