गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु | Khabarhub Khabarhub

गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

हुम्ला– गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा एक महिलाको ज्यान गएको छ। आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्र्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउकी ५५ वर्षीया नानी बोहराको मृत्यु भएको हो ।

ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा जिल्ला अस्पतालमा सिमकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार घटनास्थलबाट दिउँसो १:१० बजे जिल्ला अस्पतालमा उपचारका लागि ल्याएकी बोहोराको उपचार गर्दा गर्दै दिउँसो साढे ४ बजे मृत्यु भएको हो। ट्र्याक्टर र चालकलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : ४५ बजे

इञ्जिन ल्याएर तत्काल विमान सञ्चालन गर्न निगमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२०

मधेसमा धान उत्पादनमा कमी आउने

पर्सा – धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र

एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर

पूर्वमहालेखापरीक्षक खत्रीलाई प्रश्न : जोखिम हेरेर मात्रै पूर्ण कर परीक्षण गर्ने नीति कति उचित ?

काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले अर्थतन्त्रमा दीर्घकाल र अल्पकालमा प्रभाव