कोरियामा अवैध आप्रवासी कामदारको संख्या बढ्दै, चिनियाँ कामदार सबैभन्दा बढी « Khabarhub

कोरियामा अवैध आप्रवासी कामदारको संख्या बढ्दै, चिनियाँ कामदार सबैभन्दा बढी


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल– करार अवधि सकिए पनि दक्षिण कोरियामा रोजगारदाता कम्पनीमा शरण लिएर काम गर्ने विदेशी कामदार संख्या बढ्दै गएको छ । विगत ४ महिनामा धेरै अवैधानिक विदेशी श्रमिक रहेका कोरियाको अध्यगमनले जनाएको छ ।

विना कागजात तथा भिसा नभएका विदेशीको २ लाख २० हजारभन्दा धेरै रहेको अनुमान अध्यागमन विभागको छ । कोरियामा १०.८ प्रतिशत विदेशी श्रमिक अवैध रुपमा बसेर काम गरिहेको त्यहाँको अध्यागमन विभागले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरियामा सवैभन्दा धेरै चिनियाँ श्रमिक अवैधानिक रुपमा बसेर काम गरिरहेका छन् । कोरियमा रहेका अवैधानिक कामदारमध्ये  चिनियाँहरु मात्रै ४७.६ रहेका कोरियाको अध्यगमन विभागले जनाएको छ ।

चिनियाँपछि भियतनामी ७ .७ अमेरिकी ७.३, थाई ५ प्रतिशत र फिलिपिनी २.८ प्रतिशत गैरकानूनी कामदारहरु कोरियामा कार्यरत छन् । त्यस्तै, रोजगारीका लागि कोरिया गएका नेपाली कामदारहरु पनि अवैध रुपमा बस्न क्रम बढेको कोरियास्थीत नेपाली दूतावासले जनाएको छ ।

कोरियामा झण्डै १ हजार २ सयभन्दा धेरै नेपाली अवैधानिक तवरले बसेका छन् । आगामी वर्षको कोटा पनि अवैधानिक बसेको संख्यालाई हेरेर निर्धारण हुने भएकोले अवैधानिक संख्या घटाउन कोरिया सरकारले ध्यानाकर्षण गराउने गरेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १ : २७ बजे

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा– सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी– समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पुर्‍याउने कार्यविरुद्ध जिल्ला

प्रधानमन्त्री शाहको ‘फेसबुक पोस्ट’ले सामाजिक सञ्जालमा बहस

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको एउटा

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाम– अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना हुँदा