नीति तथा कार्यक्रम : एमालेको सत्तारोहणसँगै फर्कियो ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ « Khabarhub

नीति तथा कार्यक्रम : एमालेको सत्तारोहणसँगै फर्कियो ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ फर्किएको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले वि.सं. २०७५ मा नेपालको दीर्घकालीन सोच, २१०० (सन्‌ २०४३) जारी गर्दै आफूले लगाउँदै आएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा मुलुकको योजनाभित्र समेटेका थिए ।

तर, दुईपटक संसद्‌ विघटन हुँदै एमाले प्रतिपक्षी बेञ्‍चमा थन्किएपछि पछिल्ला सरकारहरूले राज्यका सार्वजनिक नीतिमा ओलीको नारालाई समावेश गर्न छाडेका थिए ।

२०७९ फागुन १२ गते प्रधनमन्त्री दाहालले एमालेसँगको गठबन्धन भत्काएर कांग्रेसको सहयोगमा सरकारको नेतृत्व गरेपछि २०८० जेठ १ मा नीति तथा कार्यक्रम संसद्‌मा पेश गरेका थिए ।

सो दस्तावेजमा प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित हुने सदस्यलाई बधाई दिँदै ‘समृद्ध र समतामूलक नेपाल निर्माणको संकल्प’ पूरा गर्न कार्यकाल सफलताको कामना गरिएको थियो ।

तर प्रधानमन्त्री दाहालले फागुन २१ गते कांग्रेससँगको गठबन्धन भत्काएर पुनः एमालेसँग सत्ता साझेदारी गरेपछि प्रधानमन्त्री ओलीले अघि सारेका ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा सरकारको नीति तथा कार्यक्रममा समावेश भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरिरहेका नीति तथा कार्यक्रममा ‘वर्तमान सरकार देशमा समाजवाद उन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रतिवद्ध छ,’ लेखिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ३ : ३५ बजे

पत्रकार महासंघ काठमाडौं शाखालाई बक्यौता बुझाउन समाज कल्याण परिषद्को निर्देशन

काठमाडौं – समाज कल्याण परिषद्ले भक्तीमण्डप क्षेत्रस्थित स्टल नं. ७

काठमाडौं–१ : ‘चर्चित’ निर्वाचन क्षेत्रमा मतदाताको मनोविज्ञान बुझ्दै उम्मेदवार

काठमाडौं– प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको काठमाडौँ

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ