सरकारको नीति तथा कार्यक्रममा देखिएनन् ओली « Khabarhub

सरकारको नीति तथा कार्यक्रममा देखिएनन् ओली


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अनुपस्थित देखिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी अनुपस्थित देखिएका हुन् ।

बैठकमा सत्ता साझेदार र प्रतिपक्षमा रहेका दलका शीर्ष नेताहरू उपस्थित देखिए पनि पूर्व प्रधानमन्त्री ओली अनुपस्थित देखिँदा सामाजिक सञ्जालमा अनेक टिप्पणी भइरहेका छन् ।

उनी मंगलबार नै भृकुटी मण्डपमा भ्रातृ संगठन अनेरास्ववियुद्वारा आयोजित ‘विद्यार्थी महोत्सव–२०८१’ मा पनि अनुपस्थित थिए। यद्यपि, ओलीले मंगलबार बिहान आफू उक्त महोत्सवमा सहभागी हुन लागेको सामाजिक सञ्जालमा लेखेका थिए।

‘आज म विद्यार्थी महोत्सवमा जाँदैछु । यहाँ नयाँ पुस्ता र विद्यार्थीहरू के सोचिरहेछन् र के गरिरहेछन् भन्ने बुझ्न सजिलो हुने छ,’ अध्यक्ष ओलीले लेखेका थिए।

उनी स्वास्थ्यमा समस्या देखिएपछि उक्त महोत्सवमा उपस्थित हुन नसकेका बताइएको छ। अनेरास्ववियुका एक नेताका अनुसार महोत्सवको उद्घाटन समारोहमा स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओली उपस्थित हुन नसकेको सार्वजनिक रुपमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ४ : ४७ बजे

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ

हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा